बिचौलीयाको कब्जामा खोल्साको सुन

दमक, ७ मंसिर / ‘खोल्साको सुन’ भनेर विश्वभर परिचित पूर्वी हिमालय र पहाडी क्षेत्रको यौटा प्राचिन र मौलिक मसलाजन्य उत्पादन हो अलैंची । नेपाली अलैँची जसलाई विश्व बजारमा ठूलो वा कालो सुकुमेल को नामले चिनिन्छ । शताब्दीयौँसम्म, पाकिस्तानी र भारतीयले यसको बास्नादार धुवाँलाई सम्पन्नताको प्रतिकका रुपमा आफ्नो खानामा प्रयोग गर्दै आएका छन् । अन्य हरिया वनस्पति प्रजातिको तुलनामा विशेषरूपले सुकाइएको अलैँचीको धेरै विशिष्ट बास्ना आउने सुगन्ध र स्वाद हुन्छ । परम्परागत सुकाउने प्रविधि (भट्टी)द्वारा प्रशोधन गरिएपछि यसको रङ्ग गाढा खैरो प्रकृतिको हुन्छ ।
नेपाल अहिलेसम्म अलैँचीको विश्वकै ठूलो उत्पादक र निर्यातकर्ता मुलुक हो । यद्यपी यसको बजार तुलनात्मक रुपमा सानो र त्यसमा पनि खासगरी भारत र पाकिस्तानमा केन्द्रित छ तापनि यसको मूल्य शृंखलाका सबै पात्रका निम्ति यो अत्यन्त लाभदायक व्यवसाय हो । 
पहाडी क्षेत्रका ६७ प्रतिशत भन्दा बढी कृषक यसमा आश्रित छन् पूर्वी पहाडकालागि अलैंची मुख्य नगदे बाली हो । झापाको बिर्तामोड जो पूर्वाञ्चलको क्षेत्रीय व्यापार केन्द्र हो । यहाँका थोक विक्रेताका निम्ति अलैची दुहुना गाई सरह हो । भारतीय बिचौलियाले यसको आम्दानीको ठूलो हिस्सा कब्जा गरेका छन् । किनकि यसको अधिकांश व्यापार खासगरी उनीहरूको नियन्त्रणमा छ । निर्यात बजार विविधीकरणको उल्लेखनीय सम्भावनाको बाबजुद, यो एकाधिकारपूर्ण स्थितिले नेपाली अलैँचीको निर्यातको विकासलाई अवरुद्ध पारिरहेको छ । नेपाली निर्यातकर्ताको अलैँची लामो समयसम्म आफ्नो अधिनमा राख्ने क्षमता सीमित छ । अतः यस क्षेत्रमा संलग्न कृषक, व्यवसायीबीच फाइदाको वितरणसीमित मात्रामा मात्र भइरहेको छ ।
हालसालै, पाकिस्थानी बजारमा अलैँचीको नयाँ प्रतिस्पर्धीहरु प्रवेश गरेका छन् । जुन अलैँची नक्कली हुनुका साथै त्यसको मूल्य पनि सस्तो र गुणस्तर पनि कमजोर रहेको छ । यसले अलैँचीको बजार मूल्य घट्न गएको हो । नेपालको निर्यात आम्दानीलाई प्रत्यक्ष मार पारेको छ । परिणामतः सरकारी र निजी क्षेत्र दुवैले पूर्वक्रियाशीलता देखाइ नयाँ बजार अवसरहरु र नयाँ व्यापार मार्गहरूको खोजी गर्ने कार्यलाई महत्व दिन थालेका छन् ।
नेपाली अलैँची क्षेत्रले मसलाको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न र निर्यात प्रक्रियाको अन्तिम दौडमा विजयी बन्न विद्यमान उत्पादन प्रणाली र व्यापार अभ्यासलाई आधुनिक बनाउन जरुरी छ । यसैले यो रणनीतिले अलैँचीको मूल्य सञ्चय तथा गुणस्तरीय निर्यातलाई सुनिश्चित गर्न, यसको उत्पादन विधि तथा तयारी प्रक्रियामा लगेर क्रियाकलापमा सुधार गर्ने कुरालाई जोड दिएको छ ।
यस क्रममा उचित क्षेत्रगत विकास समन्वय र अनुसन्धानमार्फत खैरो र गुलाफी रङ्गको एभरेष्ट ब्राण्डको अलैँचीको प्रवद्र्धन गरी बृहत बजार पहुँँच तथा विविधीकरणको लक्ष्य हासिल गर्न सहयोग पुर्याइनेछ ।
अलैची उत्पादन हुने क्षेत्रका सरोकारवालालाई मौजुदा बजार प्रवृत्तिबारे जानकारी गराउने, यस क्षेत्रको विद्यमान स्थिति र चुनौतीहरू प्रस्तुत गर्ने, र तेस्रो देहाय बमोजिमको दीर्घकालीन सोच हासिल गर्न यथार्थ मार्गचित्र र कार्ययोजना उपलब्ध गराउनुु पर्ने हुन्छ । उक्त दीर्घकालीन सोचलाई साकार तुल्याउन यो रणनीतिले देहायका तीनवटा रणनीतिक उद्देश्यमा जोड दिनछ ।

१. अलैँचीको उत्पादन र प्रशोधनमा सुधार
अलैँचीको परम्परागत उत्पादन विधि र सुकाउने अभ्यासले यसको उत्पादकत्व र गुणस्तरमा असर पुर्याएको छ । रोपाइँको तहमा रहेका मूख्य ब्यवधानले यसको भविष्यमाथि गम्भीर खतरा सिर्जना गरेको छ । खासगरी अलैँचीमा लाग्ने रोगलाई पहिचान गर्ने कृषकको सिमित क्षमता र छिप्पिदै, जीर्ण हुँँदै गएका बोटहरूलाई पुनः जीवित गर्न अलैँचीको नयाँ बोटबिरुवाको व्यापक अभावले यो खतरा बढ्दो क्रममा छ ।

अतः पहिलो चरणमा, यो रणनीतिले निजी क्षेत्रलाई अलैँचीको नर्सरी विकास गर्न सरकारी क्षेत्रको सहयोगलाई वृद्धि गर्ने कुराको सिफारिश गरेको छ । यस क्रममा कीट तथा रोग व्यवस्थापनका विषयमा जोड दिँदै कृषकलाई कृषिका आधुनिक र असल अभ्यासका बारेमा अनुशिक्षित गर्ने तथा पश्चिम नेपाल लगायत विभिन्न क्षेत्रमा नमूना कृषि फार्मको स्थापना गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।
प्रशोधनको तहमा, अपर्याप्त गुणस्तर सुनिश्चितता र खिया लागेका चुलो (भट्टी) मा भुटिएका कारण सिर्जित रसायनिक खतराले नेपाली अलैँचीलाई नयाँ अन्तर्राष्ट्रिय बजारमा जहाँ खाद्य सुरक्षासम्बन्धी कठोर नियमन व्यवस्था छ, निर्यातका लागि अनुपयुक्त बनाउने गरेका छन् । यस पृष्ठभूमिमा यो कार्ययोजनाले आधुनिक, इन्धन–किफायती र धुवाँरहित भट्टीको स्थापना र सञ्चालन, अलैँचीको भण्डार व्यवस्थापन, र वनस्पति स्वास्थ्य प्रमाणीकरणका लागि नमूना अनुगमन प्रणाली लागु गर्ने सम्बन्धी विषयमा जानकारीमूलक तालिम दिने कुरालाइ समेटेको छ । यसको साथै, वैज्ञानिक ग्रेडिंङ मापदण्डले परिभाषित गरे अनुसार बाध्यात्मक रुपमा अबलम्बन गर्नुपर्ने निर्यातको राष्ट्रिय गुणस्तर पनि सँगसँगै कार्यान्वयनमा ल्याइनेछ ।

. क्षेत्रगत विकास समन्वय र अनुसन्धानको प्रवद्र्धन
मुलुकका लागि निर्यात आर्जन र राजस्व सङ्कलन गर्नमा महत्वपूर्ण योगदान गरे तापनि सरकारी प्राविधिक निकायबाट अलैँची क्षेत्रको योजनाबद्ध विकास र उचित सेवाका लागि पर्याप्त वित्तीय सहायताको अभाव छ । यो क्षेत्रमा नियामक उपायसहितको एउटा छुट्टै विशेष नीतिको पनि अभाव छ ।

यस क्रममा यो रणनीतिले अलैँचीको राष्ट्रिय नीति तर्जुमा गर्न, सार्वजनिक–निजी क्षेत्र समन्वयका लागि संस्थागत संयन्त्र खडा गर्न र अलैँची विकास केन्द्रको अनुसन्धान क्षमता सुदृढ गर्न आधारशिला उपलब्ध गराउनेछ । समानान्तर रुपमा यो रणनीति तथा कार्ययोजनाले अलैँचीका निजी क्षेत्रका संघ संस्थालाई यस क्षेत्रको आचारसंहिताको पुनरावलोकन गर्न निर्देश गर्दछ र नयाँ गुणस्तर, भण्डारण आवश्यकताहरुलाई परिभाषित गर्दछ ।
यस अतिरिक्त, व्यापारी र कृषकले गुणस्तर व्यवस्थापन, केन्द्रीकृत प्रशोधन प्रक्रियाको उपयोग गर्दै आधुनिक उत्पादन प्रविधि र सहकारीको स्थापनाका विषयमा तालिम प्राप्त गर्नेछन् । यसले उत्पादक तथा निर्यातकर्तालाई उनीहरुको प्राविधिक ज्ञान र सहयोगमा अभिवृद्धि गर्न र त्यसबाट गुणस्तर निर्धारण र वनस्पति स्वास्थ्यसम्बन्धी मापदण्डको परिपालनामा सुधार ल्याउन मद्दत पुग्छ ।
३. अलैँचीका ब्राण्डको
भारतीय बजारमाथिको अत्यधिक निर्भरताले यो क्षेत्रको क्षमता विकासलाई संकुचित तुल्याएको छ । अतः मूल्य शृंखलाका सरोकारवालाले अन्तिम उपभोक्तासम्म पुग्न र नयाँ अन्तर्राष्ट्रिय बजार पत्ता लगाउन नयाँ वितरण प्रणाली विकास गर्नुपर्दछ । यो रणनीतिले गाढा खैरो र गुलाफी रङ्गको एभरेष्ट अलैँचीलाई परम्परागत बजारका साथसाथै पाकिस्तानी र भारतीय आप्रवासी रहेको नयाँ गन्तव्य बजारमा प्रवद्र्धन गर्न अलैँचीको नयाँ सामूहिक व्यापार चिह्न स्थापित गर्ने विषयलाई यौटा प्रवद्र्धनात्मक माध्यमको रुपमा लिएको छ ।
उच्चगुणस्तरको प्रतिष्ठा स्थापित गर्न अलैँचीको निर्यातमा कडा गुणस्तर मापदण्ड अवलम्बन गर्न र प्याकेजिङ्गको विकास गर्न जोड दिइनेछ । यो सँगसँगै, रणनीतिले परम्परागत तरिकाले व्यापार गर्ने शैलीलाई तोड्न सघाउनेछ । अलैँचीको अन्तर्राष्ट्रिय व्यापार अभ्यास र अन्तर्राष्ट्रिय मसला व्यापारका क्षेत्रमा निर्यात बजारीकरण गर्न सघाउ पुग्ने गरी तालिमलाई निर्देशित गरिनेछ । यसबाट नयाँ व्यापार संस्कृतिको विकास गर्न र निर्यातका अवसरलाई उपयोग गर्न पूर्व क्रियाशील सामूहिक मनस्थिति सिर्जना गर्न मद्दत पुग्नेछ ।
बजारीकरणः
यद्यपी अलैँचीको माग यसको आयात गर्ने मूख्य दूईवटा बजारमा बढ्दो छ तापनि नेपालले विस्तारै नवप्रवेशीको कारण आफ्नो आधार गुमाउँदैछ । भारतीय व्यापारीको मौजुदा एकाधिकारपूर्ण स्थिति र अन्तिम क्रेतासँग प्रत्यक्ष सम्पर्क कायम गर्न नसक्नुले नेपाली व्यापारीको तुरुन्तै प्रतिक्रिया जनाउने क्षमतालाई अवरुद्ध गरेको छ । यो क्षेत्रले अन्तिम क्रेतासम्म पुग्ने गरी नयाँ प्रत्यक्ष व्यापार मार्गको विकास गर्नुपर्दछ र नयाँ बजार पहिल्याउनु पर्दछ जहाँ समान किसिमको खाद्य स्वाद रहेको छ । विगतका प्रयासहरू सफल हुन सकेनन् भन्दैमा नयाँ प्रयास अघि बढाउन रोकिनु हुँँदैन । यो रणनीतिले उच्च गुणस्तरको नेपाली खैरो (कालो) एभरेष्ट ब्राण्डको अलैँचीलाई पाकिस्तानी र भारतीय थोक विक्रेताहरुसँग सीधै पहुँँच विस्तार गर्ने गरी नवप्रवर्तनशील दृष्टिकोण प्रस्ताव गरेको छ । यो रणनीतिले मध्यपूर्वका देशहरू, संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत र उत्तरी आयरल्याण्डमा रहेका पाकिस्तानी आप्रवासीहरुसम्म पुग्ने गरी प्रवद्र्धनात्मक योजना समेटेको छ । रणनीतिले उच्च गुणस्तर र विशिष्ट पक्षको कारण गाढा गुलाफी रङ्गको अलैँचीलाई नयाँ वितरण प्रणालीमा प्रवद्र्धन गर्ने कुराको प्रस्ताव गरेको छ । प्रवद्र्धनात्मक योजनाले मदिराका जानिफकार खासगरी मसला पसल तथा विशिष्टीकृत अनलाइन स्टोरलाई लक्षित गर्नेछ र नयाँ परिकार प्रदर्शित गर्न मुख्य परिकार विशेषज्ञसँग साझेदारी विकास गर्नेछ ।
यो रणनीतिले अलैँचीको सङ्लो दाना मात्र निर्यात गर्ने कार्यबाट माथि उठेर अलैँचीको बीउ, धूलो, तेल वा प्राकृतिक रङ्ग जस्ता अलैँचीबाट उत्पादन हुने नयाँ वस्तुहरूको विकास गरी नयाँ बजार अवसर सिर्जना गर्न अनुसन्धान कार्यमा सघाउ पुर्याउनेछ । यो रणनीतिको उद्देश्य हासिल गर्न विस्तृत कार्ययोजना जसले यो रणनीतिको पाँचवर्षको अवधिमा कार्यान्वयन गरिनु पर्ने शृंखलाबद्ध कार्यक्रमलाई निर्देश गरेको छ, त्यसको वरपर निर्दिष्ट र समन्वित प्रयासको खाँचो पर्दछ ।

यी प्राथमिकताका कार्यहरु पहिचान गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालासँग व्यापक परामर्श गरिएको छ र यो कार्य संवाद–मञ्च र यस क्षेत्रका अन्तरङ्ग व्यक्तिहरु सम्मिलित टिमको स्थापनाबाट सम्भव भएको छ । नीति निर्माताहरु, सहयोगी संस्थाहरु, उद्यमी व्यवसायीहरु, नागरिक समाजका संस्थाहरु र विकास साझेदारबीचको सहकार्य यो नीतिको प्रभावकारिता र उच्च प्रभावको सुनिश्चितताको लागि कार्यान्वयन चरणमा पनि निरन्तर रहिरहनु पर्दछ ।
कार्यान्वयन संरचना खाकाले व्यवस्थित व्यवस्थापन, अनुगमन तथा मापन संयन्त्रहरूलाई परिभाषित गर्छन् जसले नेपाल व्यापार एकीकृत रणनीति २०७५ मा पहिचान गरिएका विषयको कार्यान्वयनमा समेत सहयोगी भूमिका खेल्छन् । यो संरचना खाकाको कार्यान्वयनले प्रस्तुत रणनीतिको कार्यान्वयनको सफलताको मापनलाई निर्धारण गर्छन् ।
यो रणनीतिको कार्यान्वयनले मूल्य शृंखलामा आबद्ध व्यक्तिहरुलाई नेपाली अलैँचीको उत्पादन र गुणस्तरमा वृद्धि गर्न सहयोग पुर्याउन एकै ठाउँमा ल्याउनुको अतिरिक्त यसले ग्रामीण क्षेत्रका हजारौँ परिवारको आर्थिक कल्याणलाई क्रमशः अभिवृद्धि गर्न, मुलुकको विदेशी मुद्रा आर्जनलाई बढाउन र यो क्षेत्रको वातावरणीय र सामाजिक दिगोपना कायम गर्न समेत मद्दत पुर्याउँछ ।
( लेख उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको अभिलेखबाट सम्पादन गरिएको हो)

शुक्रबार, ०७ मंसिर, २०७५, बिहानको १०:४० बजे

सम्बन्धित खवर