झापा, ८ पुष/  दमकमा लामो समयदेखि अवरुद्ध रहेको जग्गाको कित्ताकाट खुलाउने बिषयमा भुमि अधिकारीहरुसंग छलफल भएको छ । दमक नगपालिकाकाले जग्गा वर्गीकरणको प्रकृया पूरा गरेर माथिल्लो तहका सरकारमा स्वीकृतिका लागि पठाएसंगै नगर नेतृत्वले विभागीय मन्त्रालय पुगेर सो बिषयमा सरकारका उच्च अधिकारीहरुको ध्यानाकर्षण गराएको हो ।
नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगीना भट्टराईले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेर रोकिएको कित्ताकाट खुलाउने बारे ध्यानाकर्षण गराएका हुन । मन्त्रालयका उप सचिव काजीबहादुर विष्टलाई नगर प्रमुख थापा र उपप्रमुख भट्टराईले लामो समयदेखी कित्ताकाट रोकिँदा नागरिकहरुलाई ब्यवहारिक कठिनाई भएको साथै राजस्वमा समेत कमि आएको जानकारी गराएका थिए ।
जवाफमा मन्त्रालयका उपसचिव विष्टले प्रक्रिया पुर्याएर तत्कालै कित्ताकाट खोलिने आश्वासन दिएका नगर उपप्रमुख भट्टराईले जानकारी दिइन । उनले भनिन– दुई  चार दिन भित्रैमा कित्ताकाट खुलाउने आश्वासन पाएका छौं, हाम्रो तर्फबाट गरिनुपर्ने कुनै पनि काम बाँकी राखेका छैनौं ।

Facebook Comments Box