झापामा जेठाजुको विभत्स हत्या आरोपमा बुहारी पक्राउ

झापा, ८ पुष/ आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका -४ इलुवावारीकी ४९ बर्षिय रनमाया वास्तोलालाई १२ घण्टा नवित्दै आज प्रहरीले पक्राउ गरेको छ ।
झापा ,कनकाई नगरपालिका -४ इलुवावारीका ५६ बर्षिय पदमलाल वास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदिको किनारमा हत्या गरि फ्याकिएको अवस्थामा शव फेला परेको थियो । बिहिबार वेलुकी ५ बजेको समयमा स्थानीय वस्तु चराउन जानेले बास्तोलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विभत्स हत्याको खबर पाउनसाथ अनुसन्धानमा जुटेको इलाका प्रहरी कार्यालय झिलझिले, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली अनुसन्धानमा जुटेको थियो । शव फेला परेको १२ घण्टा नवित्दै प्रहरीले हत्यारा बुहारी र हतियार फेला पारेको हो ।
मृतक बास्तोला र बुहारी रनमाया वास्तोला बुधवार दिउसो २ बजेबाट घरबाट काँस काटन जाने भनि सगै कनकाई माईखोला बगरमा गएका थिए । घाँस काटेर बुहारीमात्रै घरमा फर्किएकी थिइन्। पछि सोधीखोजी गर्दा नभेटिएपनि हराएको १ दिनपछि वास्तोलाको शव अनुहार नचिन्निने अवस्थामा काँसघारीभित्र फेला परेको थियो । वास्तोलाको हत्यामा प्रयोग गरिएको हसिँया र कुटो सहित वास्तोलालाई पक्राउ गरिसकिएको प्रहरीले बताएको छ ।
हत्यामा संग्लन बास्तोलाले आफुले हत्या गरेको स्वीकार गरेकी छिन । उनले आफुलाई बलत्कार गर्न खोजेकाले प्रतिकार गर्दा मृत्युभएको प्रहरीसामु वयान दिएकी छिन । कमजोर आर्थिक अवस्थाका वास्तोला परिवार अर्काको घरमा बसेर अधिया खेती गर्दै आएका थिए । मृतक वास्तोला शवको छेउमा १० मुठाजति काटेर बिटा बनाएको काँस समेत फेला परेको छ । मृतक वास्तोलाको २ छोरा, १ छोरी र श्रीमती रहेको छ उनीहरु सबैजना भारतको आसाममा बस्दै आएको छ भने मृतक वास्तोला भने कनकाईमा भाई बुहारीको साथमा विगत १ बर्ष देखि रहदै आएका थिए । हाल प्रहरीले हत्या आरोपी बुहारी रनमाया र उनले हत्यामा प्रयोग गरेको हसिया र कुटोसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको तथा घटनाका बारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए।

