दमकमा नबौ फूडफेस्टिवल शुरु

दमक/ दमकमा विहिवारबाट नवौं फूड फेस्टिवल–२०७९ शुरु भएको छ । होटल व्यवसायी संघले बर्सेनी सञ्चालन गदैं आएको फूडफेस्टिवल विहिवारबाट सञ्चालनमा आएको अध्यक्ष योगराज दाहालले बताए ।
दमक ७ स्थित पशुहाटको मैदानमा आयोजना गरिएको फूडफेस्टिवलको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गरे । स्थानीय खाद्यपरिकार तथा यहाँको पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाउँने उद्देश्यले संघले बिस. २०७१ देखिे फूडफेस्टिबलको आयोजना गरिदैआएको छ ।
फूडफेस्टिवलका संयोजक भुपेन्द्र न्यौपानेका अनुसार फागुन १९ गतेसम्म चल्ने फूडफेस्टिबलमा विभिन्न जाति,जनजातिका तीन दर्जन बढी सांस्कृतिक खाद्यपद्धार्थहरु,कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहेका छन् । फेस्टिवल भरि करिव ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथैं रु ५० लाख बराबरको कारोवार हुने फेस्टिलवका संयोजक न्यौपानेले बताए ।
फेस्टिवल उद्घाटनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह, होटल ब्यवसायी महासङका उपाध्यक्ष रबिन गौतम , सचिब कुमार अधिकारी, नाटाका अध्यक्ष उदय श्रेष्ठ ,होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतले पूर्वको पर्यटन,प्रवद्र्धनमा टेवा पुरयाँउन यस्ता गतिविधिले सघाउँ पुरयाउँने उल्लेख गरे । प्रत्येक दिन विभिन्न कलाकारहरुको प्रश्तुती रहने संघका सदस्य काजी राउतले जनाएका छन् । फेस्टिबल अवधिभरि दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित गायिका मेलिना राई, एलिना चौहान,अस्मिता अधिकारी,ज्योति मगर लगायतका कलाकारको समेत प्रस्तुति रहने जनाईएको छ ।

