काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । शुक्रवार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले निर्वाचनमा मत हाल्ने नहाल्ने भन्नेबारे छलफल जारी रहेको श्रेष्ठको भनाई छ । सरकारमा सहभागी भए पनि राप्रपा राष्ट्रपतिको उम्मेदवार भने नउठाउने भएको हो ।

Facebook Comments Box