१२ फागुन, काठमाडौं/  जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा बेलुका ६ बजेदेखि बसिरहेको छ । चार दलका शिर्ष नेताहरुविच वालुवाटारमा भएको छलफलले जसपालाई उपराष्ट्रपति बनाउने समझदारी भएपछि पार्टीको आकस्मिक वैठक बसेको बताइएको छ । जसपाले उपराष्ट्रपति पाए सरकारमा सामेल हुने र प्रदेश सरकारमा पनि फेरबदल आउने संकत देखिएको छ ।

Facebook Comments Box