काठमाडौं, १२ फागुन /  अष्ट्रेलियामा रहेको एआइबिटी कलेजको नर्सिङ संकाय खारेजीसँगै १२ सय नेपाली विद्यार्थीको विचल्ली भएको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यद्धपी नेपालस्थित रहेका विभिन्न दलालहरुलाई भने सरकारले कारबाही गर्न सकेको छैन । विद्यार्थीहरुले नाम लिएका केही ठूला कन्सल्टेन्सीका सञ्चालकहरुले विद्यार्थी पठाएका थिए । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्रान्ड एम्बेस्डर रहेको एक्सपर्ट भिसा एण्ड एजुकेशन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी सो कलेजमा पठाएको बुझीएको छ । सञ्जिव शर्मा मालिक रहेको उक्त कम्पनिलाई सरकारले अहिलेसम्म छानबिनको दायरमा ल्याएको छैन । त्यस्तै मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत दर्जनौँ कन्सल्टेन्सलाई छानबीन गर्नुपर्ने माग बढेको छ ।

मर्सि एजुकेशन कन्सल्टेन्सीबाट दर्जनौँ संख्यामा एआइबिटि कलेज पुगेको बताइन्छ । राम तन्डन क्षेत्री नामक व्यक्ति उक्त कम्पनिको अध्यक्ष रहेका छन् । अधिकांश सञ्चालकले फोन अफ गरेर भागेका छन् । मर्सि एजुकेशनका मालिक राम तन्डन क्षेत्री फरार छन् । स्रोतका अनुसार उनी अष्ट्रेलिया पुगेका छन् । त्यहाँबाट १८ जना विद्यार्थी अष्ट्रेलिया गएको र विचल्ली भएको बताइन्छ । त्यस्तै नेपालकै प्रतिष्ठित भनिएको अल्फा बिटाबाट गएका विद्यार्थी पनि विचल्ली भएका छन् । अल्फा बिटाले २ जना आफ्नो विद्यार्थी विचल्ली भएको जनाएको छ । यद्धपी सञ्चालक अध्यक्ष द्वीराज शर्मा भने फरार छन् । उनको कार्यालयमा फोन गर्दा शर्माको नम्बर दिन नमिल्ने र मिडियासँग समेत बोल्न नमिल्ने बताए । त्यस्तै कंगारु एजुकेशनबाट गएका दर्जनौँ विद्यार्थी विचल्ली भएका छन् । सञ्चालक महेशबाबु तिमिल्सता पनि मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् । उनका कर्मचारीका अनुसार उनी पनि भारत फरार भएका छन् । मेलाको नाममा भारत गएको भनिएपनि उनी विद्यार्थी विचल्ली भएकै कारण फरार छन् । बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने सो क्षेत्रका विज्ञहरुको बनाई छ ।

यता सनराईज एजुकेशनका दर्जनौँ नेपाली अष्ट्रेलियामा अलपत्र छन् । अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी इम्पल्सका सन्दीप अर्याललगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन् । सनराईजका मालिक उपेन्द्र सेँडाई सामाजिक सञ्जालमा प्रश्नोत्तर गरेर बसिरहेका भएपनि उनलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

त्यस्तै काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालले ५ जना विद्यार्थी पठाएका थिए । ती सबै अहिले बिच्चली अवस्थामा छन् । रिजालले आफू निरन्तर विद्यार्थीकै सम्पर्कमा रहेको र उद्दारका लागि पहल भइरहेको बताए । शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेकै कन्सल्टेन्सी अष्ट्रेलियामा नेपाली विद्यार्थी विचल्ली बनाउने एआइबिटी कलेजको एजेन्ट रहेको पाइएको छ । उनको स्वामित्वमा रहेको रोयल एजुकेशन फाउन्डेशनले उक्त कलेजको एजेन्टको काम गर्ने गरेको पाइएको छ । दियो पोष्टबाट साभार

Facebook Comments Box