आत्मघाती गोलले स्तब्ध आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा आर्सनल पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग १–० ले पराजित भएको हो । आफ्नै खेलाडीले गरेको गोलका कारण आर्सनल पराजित भयो ।

७६ औँ मिनेटमा आर्सनलका बर्न्ड लेनोले आत्मघाती गोल गरे । सोही गोल नै एभर्टनको जितका लागि पर्याप्त भयो।

पराजित भएको आर्सनल ३३ खेलबाट ४६ अंकसहित नवौँ स्थानमा छ । जित निकालेको एभर्टन ३२ खेलबाट ५२ अंकसहित आठौँ स्थानमा कायम छ।

शनिबार, ११ बैशाख, २०७८, बिहानको ०७:०३ बजे

सम्बन्धित खवर