खसी बोका देखि नागरिकता हुँदै जग्गा किर्तेमा समेत मुछिए वडाध्यक्ष खरेल

बैकल्पिक खवर

गौरादह/ विभिन्न किर्ते प्रकरणमा मुसिदै आएका गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलराम खरेललाई अहिले नक्कली जग्गाधनी खडागर्न किर्ते कागजपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ । आरोपित खरेल अहिले फरार रहेको बुझिएको छ ।

बिर्तामोडको एउटा जग्गा बिक्रीका नक्कली जग्गाधनी ( सक्कली जग्गाधनीको मृत्यु भैसकेको ) खडा गर्न किर्ते कागजात बनाउन मुख्य भुमिका खेलेको रहस्य बाहिर आएपछि काठमाडौं तिर भागेका खरेल सरकारी संरक्षणमा रहेको विभिन्न श्रोतहरुले बताएका छन ।किर्ते कामका कारण खरेल पटकपटक चर्चामा आइरहन्छन् । उन्नत जातका बोका भन्दै आफ्नै खोरका लोकल बोका स्थानीयलाई बितरण गरेको देखि गैर नागरिक लाई मोटो रकम लिएर नागरिकता दिन किर्ते कागज बनाएको आरोप मथ्थर हुन नपाउदै खरेलको अर्को किर्ते कान्ड बाहिर आएको हो ।

जग्गा ठगी प्रकरणमा मुछिएपछि अहिले खरेल प्रहरीको फरार सुचिमा छन् । उनीसहित ६ जना प्रहरीकाे फरार सुचिमा रहेका छन् । तर खरेल सरकारी संरक्षणमा काठमाडौंमा लुकिछिपी बसेका छन । उनी नेकपा एमलेको तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । सत्ताधारी पार्टीको जिल्लास्तरीय नेता उनलाई सरकारको संरक्षण रहेको दाबी समाचार स्रोतले गरेको छ ।
खरेलमाथि सो प्रकरणका नाइके तथा नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाका नेता सुशील भनिने बलराम बराइलीसंग मिलेर सरकारी कागजात किर्ते गरेको अभियोग लागेको छ । यसअघि गौरादह नगरपालिका–७ वडा कार्यालयले नागरिकलाई सुविधा दिने नाममा मापदण्डविपरीत एक लाख आठ सय रुपैयाँ हिनामिना गरेको खुलेको थियाे । फुसको छानो विस्थापित गरी जस्तापाता लगाउने योजनासहित आएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत केन्द्र सरकारले दिएको रकम लिएर विपन्नलाई सस्तोमा जस्तापाता दिइएको थियाे । त्यसैगरी
वार्ड नं. ७ मा वितरणमा अनियमितता भएकाे प्रमाणित भएपछि बाख्रा फिर्ता पठाइएको थियाे । उन्नत जातको भन्दै स्थानीय जातका बाख्रा वितरण गरेर अनियमितता भएको प्रमाणित भएकाे थियाे ।
वार्ड कार्यालयले किसानको घर घरमा पुगेर बाख्रा भेला पारी फारमलाई नै फिर्ता पठाइएको थियाे ।

त्यसैगरी तीनजना गैरनेपालीलाई नागरिकता वितरण प्रकरणमा पनि वार्ड अध्यक्ष खरेल मुछिएका थिए । तर याे प्रकरणमा पनि उनी सजिलै उम्किन सफल भएका थिए ।
उत्त प्रकरणमा इलाका प्रशासन गौरीगञ्जका प्रमुखसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।
पक्राउ परेका उनीहरुले कीर्ते छाप र वडा नम्बर ७ का अध्यक्ष बलराम खरेलेको कीर्ते हस्ताक्षर गरी गैर नेपालीलाई नागरिकता प्रदान गरेको अनुसन्धानका क्रममा खुलेको थियाे ।

उनीहरुले जुराेपानी – ८ हाल गाैरादह नगरपालिका–७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता बितरण गरेको अनुसन्धानको क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे थियाे। – कोचिला न्युज बाट

शनिबार, ११ बैशाख, २०७८, बिहानको ०९:४२ बजे

सम्बन्धित खवर