काँग्रेसलाई बाबुरामको सुझाव– पहिले अपहरित बिपीको रक्षा गर

९ असार, २०७६ काठमाडौं / पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रक्षा गर्न नेपाली काग्रेसलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएको भन्दै बिपीको सिद्धान्तको रक्षा गर्न सुझाव दिएका हुन् । उनले लेखेका छन्, ’बिपीलाई अब राप्रपाले अपहरण गरेछ , बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बिपीको रक्षा त गर,बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं’ ।
यसअघि कांग्रेसका नेता गगन थापाले निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क गरेका थिए ।

