सरकारको गियर बदल्न मन्त्रीहरु हेरफेर, को को बन्दैछन् मन्त्री

९ असार, २०७६ काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले पोखरामा पुगेर मन्त्रिपरिषद् हेरफेर हुने संकेत गरे । त्यसमा प्रधानमन्त्री केपी ओली पनि असहमत देखिएका छैनन् । संसदमा बजेटमाथि छलफल भइरहेकाले पनि तत्काल कुन मन्त्रीलाई हटाउने वा राख्ने भन्नेमा गम्भीर छलफल चाँहि नभएको स्रोत बताउछ । तर, बजेट पास भएको केहि समयपछि सरकारको गेयर बदलेर गतिदिनुपर्ने बाध्यतामा प्रधानमन्त्री रहेकाले मन्त्रीहरु हेरफेर हुने स्रोत बताउछ ।… प्रधानमन्त्री ओलीनिकट भएको भन्दै पूर्वमाओवादी समूहले बादललाई गृहमन्त्रीबाट हटाउनुपर्छ भनेर प्रचण्डलाई दवाव दिदैछन् । जहाँ जनार्दन शर्माहरुले मौका पाउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । मन्त्रीकै रुपमा काम गर्न नसकेका पूर्वमाओवादीभित्रका शक्ति बस्नेत पनि हुन् । मन्त्री बस्नेतले वन मन्त्रालयमा रहेर पदको दुरुपयोग गर्दै वन मन्त्रालय अन्तर्गतका संस्था र सहयोगी संस्थाहरुबाट समेत सवारी साधन, तेल, मर्मत खर्चको नाममा बजेटको दुरुपयोग गरेको स्रोत बताउछ । .. यता पूर्व एमालेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र खेलकुदमन्त्री जगत विश्वकर्मा पनि फेरिने सूचीमा रहेको चर्चा छ, यो समाचार आजको साँघु साप्ताहिकमा छापिएको छ ।

