दमक ६ स्थीत सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौँ बार्षिक साधारणसभा यहि भाद्र २६ गते मनाउने भएको छ । गत भाद्र २ गते बसेको संचालक समितिको बैठकले सो र्निणय गरेको व्यवस्थापक अरुण भण्डारीले जानकारी दिएका छन । बिगत १० बर्षदेखी दमकमा सहकारीका माध्यमबाट सेवा पुर्याइ रहेको सुर्यर्दशन साकोश झापा जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा रिचित रहेको छ । स्थापनाकाल देखी नै आफ्नो बर्षिक साधारणसभा गर्दै आएको सुर्यर्शनले यस पटकपनि निरन्तरता दिने भएको हो । आगामी भाद्र २६ गते बिहिबार १० बजे बाट दमकको कस्मीक पार्टी प्यालेसमा संस्थाको दशौ बार्षिक साधारणसभा सम्पन्न हुने व्यवस्थापक भण्डारीले जनाएका छन । साधारणसभामा अध्यक्षको प्रतिवेदन , लेखापरिक्षण प्रतिवेदन , लेखा समितिको प्रतिवेदन , संस्थाको चालु आर्थिक बर्षको वजेट निति तथा कार्यक्रम , शेयर सदस्यहरुको लाभांश वितरण ,विनियम संसोधन , संचालक समिती र लेखा समितीको र्निवाचन लगायतका बिषयमा छलफल हुने संस्थाले जनाएको छ । भाद्र २६ गते हुन गइरहेको १०औँ बार्षिक साधारणसभाको लागी सेयर सदस्यहरुलाइ पत्राचार गर्ने तथा अन्य तयारी भैरहेको व्यवस्थाक भण्डारीले जनाएका छन ।

Facebook Comments Box