दमक,७ भदौ । यहि भदौ २० गते हुन गईरहेको दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा होटल व्यवसायी संघले आफना दुई जना व्यवसायीलाई उम्मेदवार वनाउने भएको छ । संघको आज सम्पन्न बैठकले अध्यक्ष राजन दंगाललाई उद्योग वाणिज्य संघको पदाधिकारीमा र बस्तुगत सदस्यतर्फ मोहन ढकाललाई उम्मेदवार वनाउने निर्णय भएको संघका वरिष्ठ उपाध्यक्ष सुधिर प्रधानले जानकारी दिए ।

दंगाल हाल उद्योग वाणिज्य संघका सदस्य हुन् भने ढकाल रोटरी क्लव दमकका निर्वतमान अध्यक्ष तथा होटल काग्त्यानीका सञ्चालक समेत हुन् । दुवै उम्मेदवारलाई जिताउन आवश्यक प्रचारप्रसार तीव्र गर्ने तथा आफना सदस्य र सम्पूर्ण उद्योगी ,व्यवसायीहरुसंग आव्हान गर्ने समेत निर्णय भएको प्रधानले जनाएका छन् ।

Facebook Comments Box