दमक हिमाविका पूर्व विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम

दमक,९ पुस / दमकको हिमालय माध्यमिक विद्यालयबाट २०४४ सालको कक्षा -१० मा अध्ययन गर्ने दमकमा बस्दैआएका पूर्व विद्यार्थीहरुले आज बनभोजसहित पुर्नमिलन कार्यक्रमको आयोजना गरेको छ ।
दमक आसपासमा विभिन्न पेशा तथा व्यवसाय गरिआएका उनीहरुले बनभोजसहित आपसी समन्वय गर्न समिति समेत गठन गरेका छन् ।
इलामको चुलाचुलीमा रहेको पर्यटकीयस्थल चपेटीमा बनभोजको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा संलग्न रहेका तीन जना अग्रजलाई सम्मान समेत गरिएको नवगठित समितिका अध्यक्ष डा. लेखनाथ न्यौपानेले बताएका छन् ।
उनका अनुसार यसरी सम्मानित हुनेमा राष्ट्रिय खेलाडी नर्वदा विष्ट, पिएचडी गरेका डा.अच्युत कट्टेल र महिला एम्बुलेन्स चालक लीला बस्ताकोटी रहेका छन् । उक्त कार्यक्रममा ४२ जनाको उपस्थिति रहेको थियो । विगत केहिबर्षदेखि सो समूहले यसरीनै बनभोजसहितका विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको अध्यक्ष डा. न्यौपानेले बताए ।

