गौरादहमा ब्युतियो ycl : चौहानको नेतृत्वमा ४१ जनाको नगर समिती

बैकल्पिक खवर

गौरादह/ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गौरादहले आफ्नो युवा संगठन ycl ( योङ कम्युनिस्ट लिग) ब्युताएको छ । हिजो गौरादहमा आयोजित पार्टीको भेलाले ycl नगर समिती गठन गरेको हो । सो भेलाले धर्म चौहानको नेतृत्वमा नयाँ समिती निर्माण गरेको हो । सो भेलाले चौहानको नेतृत्वमा ४१ जनाको कमिटि गठन गरिएको भेलामा सहभागी माओवादी केन्द्र गौरादहका युवा नेता युबराज खनालले जानकारी दिए ।                       

नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र समिती सचिब तथा जिल्ला सचिवालय सदश्य पुस्प ढकालको बिशेश पहलमा आयोजना गतिएको उक्त भेलाले ८ जना पदाधिकारी सहित बिधान अनुसार ४१ सदस्यीय नगर समिति सर्वसम्मतले चयन गरेको नवनिर्वाचित उपाध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । जम्मा ८ पदाधिकारीमा अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र दुई कोषाध्यक्ष रहेका छन् । भेलाबाट सचिव मदन श्रेष्ठ भएका छन् भने सह सचिवमा लिलाप्रसाद चौलागाई र केशव पौडेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुलभ भट्टराई र मिना गुरुङ सर्बसम्मत चयन भएका हुन् ।                   

नगर भेलामा नेकपा माओवादी केन्द्रका नेताहरु पुष्प ढकाल, सहित दुर्गा चम्लागाई हुकुम नेपाली, माधव भट्टराई, कुमार खतिवडा, लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको बदलिदो राजनीतिक परिस्थितिमा वाइसिएलको हस्तक्षेपकारी भूमिका बिषयमा अन्तरक्रियात्मक छलफल बहस समेत भएको नवगठित समितीका उपाध्यक्ष सुनिल खड्काले बताए ।

कार्यक्रममा अतिथिहरुले नवगठित समितीलाई बधाइ तथा सुभकामना ब्यक्त गरेका थिए । सो अवसरमा ycl गौरादह नगर समिती निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेका जिल्ला सचिवालय सदस्य पुष्प ढकालले छोटो मन्त्यब्य राख्दै वर्तमान सरकार सर्बहारा, मजदुर, किसान तथा श्रमजीविहरुको पक्षमा नभएको, तस्कर र माफियाहरुको सेटिङमा चलेको हुनाले वाइसिएले भ्रष्टचार र बेथितिको बिरुद्धमा लड्नु पर्नेमा जोडदिएका थिए

आइतबार, १२ बैशाख, २०७८, बिहानको ११:०८ बजे

सम्बन्धित खवर