माधव पक्षका सांसदलाई निलम्वन गर्ने एमालेको तयारी

काठमाडौं,बैशाख १२ / सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए ।

थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।

आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ । बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारवाही गर्ने तयारी गरेको बताइएको छ ।

आइतबार, १२ बैशाख, २०७८, बिहानको ११:३४ बजे

सम्बन्धित खवर