कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु, ३१२२ संक्रमित

विराटनगर /  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अबधिमा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ रहेकोमा आइतबारको तथ्यांकमा मृतक संख्या ३ हजार १६४ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । जसमध्ये १७ हजार ७८८ जना होम आइसोलेसनमा र १५९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार, १२ बैशाख, २०७८, साँझको ०५:२९ बजे

सम्बन्धित खवर