सोमबारबाट सबै तहका परीक्षा स्थगित

काठमाडौं, बैशाख १२ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।

सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब अहिले वैकल्पिक विधिबाट पठनपाठन भइरहेको छ ।

सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ ।

आइतबार, १२ बैशाख, २०७८, रातीको ०९:०५ बजे

सम्बन्धित खवर