९ ,असार गौरादह
गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासिमा भएको समस्याको बारेमा नेपाली काँग्रेस गौरादह नगर समितिले नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस गौरादह नगरसमितिका सभापति यादवराज सेडाईको नेतृत्वको टोलीले नगरप्रमुख रोहित कुमार शाहलाई उनको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै नगरपालिकाको काम छिटो छरितो र पारदर्शी हुनुपर्नेमा ध्यानाकर्षण गराएको छ । आइतबार नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि आयोजीत पत्रकार सम्मेलनमा ज्ञापनपत्रको बारेमा जानकारी गराएको हो । काँग्रेसले सम्पूर्ण ढिला सुस्ती, अनियमितता का विषयमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न छानबीन समिति गठन गरि एक महिना भित्र प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ । विवादित प्रशासकिय अधिकृत सागर मिश्र, प्राविधिक शाखा का इन्जिनियर सचिन क्षेत्री तथा लेखा का कर्मचारी राम प्रसाद दाहालको नाम उल्लेख गरेर उनिहरुको भूमिका मर्या्दित नभएको, कर्तव्यबाट च्युत भएको भन्दै अपारदर्शी जवाफदेही वीहीन कर्मचारीलाई स्पष्टीकरण सहित निलम्बन गर्न समेत माग गरिएको छ ।

Facebook Comments Box