अर्जुनधारा साठीमुरेमा पर्यटकीय आकर्षण

झापा, अर्जुनधारा/


झापाका विभिन्न स्थानमा पर्यटको आकर्षण बढ्दो अवस्थामा छ । पछिल्ला दिनमा अर्जुनधारा नगरको पर्यटकीय विकास र व्यापार प्रर्वद्धन गर्ने उदेश्यले अन्तरक्रिया अगाडि बढाएको छ । यसै क्रममा अर्जुनधारा र माई नगरपालिका बीच दुई पक्षीय प्राविधिक अध्ययन र छलफल समेत अघि बढेको हो ।
अर्जुनधारा–२ र माई–५ नगरपालिकाको सिमानामा पर्ने साठीमुरे क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एकिृत कार्यक्रम संचालनका लागि प्राविधिक अध्ययन र छलफल अघि समेत बढाएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना, माई नगरपालिकाका प्रमुख दिपक थेवे सहित प्रदेश सासद काजीमान कागतेँ बीच उक्त क्षेत्रको विकासको लागि संक्रियता पूर्वक लागेँसँगै काम अगाडि बढेको हो । उक्त स्थानमा दुई नगरपालिकाको साझेदारीमा बुद्धको मूर्ती ५० फुटको रहने छ । जसमा मत्स्य अवतार, कूर्म अवतार , बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार ,श्रीराम अवतार, कृष्ण, बलराम वा बुद्ध र कल्की अवतार सम्म रहने छ । त्यसमा भ्यु टावर रहने छ । साठीमुरेमा होमस्टे संचालन, सहकाले झरनाको विकास सहित खानेपानीलाई व्यवस्थित सँगै रिचार्ज गरिने छ । साठीमुरे कल्भर्टमा साझेदारी गर्ने सहित महत्वपूर्ण स्थलहरुको अध्ययन गरी पर्यटनको विकाश गर्ने विषयमा छलफल केन्द्रित भएको अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनालले जानकारी दिए । पर्यटन विकासमा दुई नगर र प्रदेश सरकारले समेत सहकार्य गर्ने गरी छलफल अगाडि बढेको उनले जानकारी दिए ।
दुई पक्षीय छलफलको क्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले सन् २०२० मा नेपाल सरकारले गर्ने लागेको नेपाल वर्षमा लाखौं पर्यटक भित्र्याउने योजनालाई साकार बनाउन नगरले नयाँ गन्तव्य खोजी गरी पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।
टाङटिङ नदी किनार हुँदै पदमार्ग सहकाले सम्मका लागि आफूले गृहकार्य गरिरहेको बताए । धार्मीक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले प्रचुर संम्भावनाले भरिपूर्ण नगर भएकाले आकर्षण केन्द्रको रुपमा विकास गर्ने अघि बढ्को रानाले बताए ।
माई नगरपालिकाका प्रमुख दिपक थेवेले भौतिक पूर्वाधार सहितको पर्यटनका लागि आफू लागि परेँको बताउँदै कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । थेवेले भने– साठीमुरेबाट १ घण्टाको दूरीमा विविध संस्कृति पाइन्छ, छुरेमा टावर र खरबन्दीको पर्यटकीय स्थलको विकासमा समेत ध्यान केन्द्रित गरेर दुई नगरपालिकाका सहयात्रा गरी अघि बढ्नुपर्ने जरुरी रहेको बताए । नगरको सिमाको विवाद नगरी विकासमा एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
बेलटार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष छिमेकी दुई पालिका बिच सहकार्यमा पर्यटकीय गन्तव्यको स्थल बनाए स्थानीय गतिलो आम्दानीको श्रोत हुन सक्ने विश्वास व्यक्त गरेँ । दुई नगरका प्रमुख र प्रदेश सासदले साठीमुरे विकासका लागि प्रतिबद्ध भएसँगै स्थानीयबासीमा जनप्रतिनिधि प्रति विश्वास बढेर गएको पाइन्छ । वरिपरी जंगल घेरिएको साठीमुरे डाडाँबाट मनोरम दृश्य देखिन्छ । जो कोहीको मन समेत आकर्षण गर्छ ।
उक्त स्थानमा निर्माण हुँने ५० फुट अग्लो बुद्धको मुर्ति र टावरले झापा र इलामको नयाँ आकर्षण गन्तव्य बन्ने विश्वास लिएको छ । जनप्रतिनिधिको दृढ इच्छाशक्ति र प्राविधिक अध्ययन र छलफल काम अघि बढेसँगै स्थानीबासी समेत उत्साहित देखिन्छन् ।
होमस्टे संचालन
दुई नगरपालिकाको साठीमुरेको परिकल्पनामा होमस्टे संचालन समेत हो । स्थानीयबासी एकजुट भईअघि बढेँ होमस्टे संचालन गतिलो श्रोत बन्ने देखिन्छ ।
जसले गर्दा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएपछि त्यस क्षेत्रको स्थानीय बासिन्दाका लागि रोजगार तथा स्वरोजगार बन्ने अवसर सिर्जना हुनेछन् । साठीमुरे पुग्नेका लागि खुदुनाबारी बजारबाट करिब ५ किलोमिटर उत्तर पर्दछ ।