दमक / दमक बहुमुखी क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यर्थीहरु बिभिन्न संगठन परित्याग गर्दै नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघमा प्रवेस गरेका छन् । नव आगन्तुक बिद्यार्थीहरुलाई नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका विच कांग्रेस नेताहरुले स्वागत गरेका हुन ।
नेपाल बिद्यार्थी संघ दमक नगर सभापति बिशाल अधिकारीको अध्यक्षता र कांग्रेस प्रदेश १ सदस्य भुमि राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजवादी बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल हताक्सु राई र बिद्यर्थी नेता दिपक मादेनको नेतृत्वमा दमक क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यार्थी नेविसंघ प्रवेस गरेको कांग्रेस दमक नगर सभापती प्रकाश प्रसाईंले जानकारी दिए ।
नव प्रवेसी बिद्यर्थीहरुलाई स्वागत गर्दै नेपाल बिद्यार्थी संघ झापा जिल्ला सभापति सञ्जय निरौलाले गौरबपूर्ण इतिहाँस बोकेको नेपाल बिद्यार्थी संघमा सबै बिद्यार्थी एकबद्ध भएकोमा खुशी व्यक्त गरेका छन् । ।उनले बिद्यार्थीहरु पढाई संगै राजनैतिक गतिबिधिहरुमा पनि जानकार हुनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस प्रदेश सदस्य राईले भविस्यको देशको नेतृत्वका लागी अहिले देखीनै बिद्यार्थिहरु राजनितिप्रति सचेत बन्नु पर्ने बताए । मुलुक र नागरिकप्रति जिम्मेवार पार्टी कांग्रेसलाई बिद्यार्थीहरुले रोजेकोमा उनले सबैलाई बधाई सहित स्वागत गरे ।
कार्यक्रममा कांग्रेस प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, पार्टीका झापा जिल्ला उप सभापती शेरबहादुर भट्टराई, संबिधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवि केसी न्यौपाने लगायतले नव आगन्तुक बिद्यार्थिहरुलाई स्वागत गरेका थिए ।

Facebook Comments Box