अब मल कारखाना खाेल्छाैँ : प्रधानमन्त्री

काठमाण्डाै /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।

विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखानाकाे सम्बन्धमा छलफल भइरहेको छ । हामी महँगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाका लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादनतर्फ पनि किसानलाई तालिम दिन जरुरी छ ।’

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको उहाँले जिकिर गर्नुभयो । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

शुक्रबार, १३ चैत, २०७७, बिहानको ०८:३१ बजे

सम्बन्धित खवर