नेपाल र बंगलादेश बिच ऊर्जा सहकार्य बढाउन आवश्‍यक= मन्त्री पुन

चैत १२, २०७५ काठमाडौं / ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपाल र बंगलादेशी बिच ऊर्जा सहकार्य बढाउने पर्ने बताएका छन्। मंगलबार कार्यकक्षमा नेपालका लागि बंगलादेशका राजदुत मस्फी विन्ते सम्ससँग भएको छलफलमा मन्त्री पुनले यस्तो बताएका हुन्। मन्त्री पुनले विगतमा दुई देश बिच विगतमा भएका सहमति कार्यन्वयनको लागि पनि दुबै सरकार केन्द्रित हुनु पर्ने बताए। उनले बंगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा सहकार्य बढाउन नेपाल इच्छुक रहेको प्रतिक्रिया दिए। राजदुत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिए। उनले ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेश सरकार प्रतिवद्ध रहेको बताइन।

मङ्गलबार, १२ चैत, २०७५, दिउँसोको ०१:५९ बजे

सम्बन्धित खवर