इटहरी उपमहानगरले पाँचौ नगरसभामा आर्थिक बर्ष २०७६÷२०७७ का लागि १ अर्व ८५ करोड ५० लाखको वजेट प्रस्तुत गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुतको उक्त वजेटमा चालु तर्फ ७९ करोड ४ लाख ५५ हजार,पूँजीगत तर्फ १ अर्व ५ करोड,७५ लाख ५४ हजार र वित्तीय ब्यवस्था तर्फ ७० लाख रहने अनुमान गरिएको छ ।

वजेटमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य ,शिक्षा ,कृषि, उद्योग ब्यापार,पर्यटन,खेलुकद र सामाजिक विकास, प्राथमिकता रहेको छ । चालु आर्थिक बर्षमा ७ सय योजना सडक निर्माण भएकोमा आगामी आर्थिक बर्षमा समेत वडा र नगरस्तरीय सडक निर्माणमा जोड दिइो गरी बनेजेट प्रस्तुत गरीएको छ । साथै बजेटमा वाहय चक्रपथ निर्माण प्रक्रिया थालिने उल्लेख गरिुएको छ ।

नगर यातायात गुरुयोजना अनुरुप सडक निर्माण गरिने , सडकको गुणस्तर मापन गर्न गुणस्तर मापन ल्याव स्थापना गरिने , ।नीजि क्षेत्रको साझेदारीमा आधुनिक कृषि वजार स्थापना गरिने लगायतका योजनालाइ बजेटमा समाबेस गरीएको छ । कृषि तथा पशुपंक्षि विकास कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको छ । महिलाको उद्यमशिलताको विकासका लागि उद्यमशील विकास कोष स्थापना गरिने भएको छ । घरेलु औद्योगिक ग्राम स्थापनाका लागि ५० लाख विनियोजन गरिएको छ ।

इटहरी ९ को जनता क्रिकेट पार्क निर्माण सम्पन्न गर्न ५० लाख रकम छुटटयााइएको छ भने वडा नम्वर ५ मा काब्यवाटिका सिटि पार्क निर्माण सम्पन्न गर्ने र सवै वडामा एक एक वाल उद्यान निर्माण गरिने भएको छ । इटहरी अस्पतालमा २४ घण्टा सेवा प्रदान गर्ने ब्यवस्था मिलाइने , उपप्रमुख सँग सुत्केरी भेट अभियान चलाइनुका साथै सुत्केरी महिलालाई अस्पतालमा सुत्केरी गराउन आउदा निशूल्क एम्वुलेन्स सेवा संचालन गरिने कुरालाइ बजेटले समेटेको छ ।

खाद्य प्रयोगशाला स्थापना गर्न आवश्यक ब्यवस्था मिलाइने वजेटमा उल्लेख छ । सरोकारवाला संस्था सँग समन्वय गरि इटहरीउपमहानगरवासीको मोतियाविन्दुको निशूल्क सल्यक्रिया गरिने भएको छ । इटहरीका सवै सामुदायिक विद्यालयमा सिसि क्यामरा जडान गरि उपमहानगरवाटै नीरिक्षण गर्ने ब्यवस्था गरिने भएको छ । अहिले १६ वटा विद्यालयमा यो कार्यक्रम लागु छ । शिक्षा क्षेत्रको विकासमा १ करोड ४५ लाख विनियोजन गरिएको छ । खोला तथा डे«न सफाई कार्यक्रमका लागि ५० लाख छुटयाइएको छ ।

वजारको मुख्यभागमा सार्वजनिक शौचालय निर्माण गर्न ७२ लाख छुटयाइएको छ । हिंसा पीडित महिलाका लागि सुरक्षित आवास गृह आगामी वर्षमा निर्माण गरिने भएको छ । सवै वडामा हिंसा आत्मरक्षा तालिम संचालन गरि प्रतिरक्षा समूह गठन गरिने भएको छ । खेलमैदान निर्माण र खेदकुद विकासका लागि १ करोड १० लाख विनियोजन गरिएको छ । वहुजातीय ग्राम निर्माण सुरु गरि तीन बर्षमा सम्पन्न गरिने भएको छ ।

भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको छ ।मेयरको संयोजकत्वमा सुशासन प्रर्वधन तथा उपमेयरको संयोजकत्वमा सुशासन अनुगमन समिति गठन गरिने छ । इटहरीमा पत्रकार महासंघको सहकार्यमा सञ्चारग्राम निर्माण कार्य प्रारम्भ गरिने,स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिइने,पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरिने,पत्रकार सम्मान कार्यक्रम गरिने वजेटमा उल्लेख छ ।

Facebook Comments Box