इटहरीका चर्चित केही उच्च मा वी / तथा कलेजहरुको संक्षेपमा जानकारी

असार ११ २०७६
इटहरी / इटहरी व्यापारीहरुको शहर मात्रै होईन, यो अध्ययन र अध्यापन हुने शैक्षिक संस्थाहरुको हव पनि हो । पछिल्ला बर्षमा नयाँ थप भएका शैक्षिक संस्थाहरु, विद्यमान शैक्षिक संस्थाहरुले नयाँ नयाँ प्रोग्राम ल्याउँदै थप गरेको शैक्षिक लगानीले पनि यो कुरालाई पुष्टि गर्छ । त्यसमा पनि पूर्वका विभिन्न ठाउँबाट इटहरीका कलेजमा अध्ययन गर्न आउने विद्यार्थीको आकर्षण र संख्याले यो कुरालाई अझ बढि पुष्टि गर्छ ।पूर्वका दुई ठुला शहर विराटनगर र धरानलाई पछि पार्दै इटहरीमा शैक्षिक संस्था र लगानी थप हुँदै गएको छ । विद्यार्थीहरु पढ्नका लागि इटहरी आउने क्रम तिव्र बढेको छ । पहिले पहिले यहाँका विद्यार्थी पढ्न अन्यत्र जाने गर्दथे तर अहिले समय बदिलिएको छ । बाहिरबाट विद्यार्थीहरु पढ्नका लागि इटहरी आउने गरेका छन् । आफुले रोजेको विषय पढ्नकै लागि इटहरी बाहिर काठमाण्डौँ जानुपर्ने अवस्था छैन अहिले । विद्यार्थीहरुले रोजेको विषय रोजेको कलेजमा पढ्न सक्छन् ।


जनता बहुमुखी क्याम्पस
पुर्वकै शैक्षिक केन्द्रको रुपमा स्थापित छ गरिन्छ जनता बहुमुखी क्याम्पस ।सामुदायीक क्याम्पस भएरपनी अन्य निजी स्तर बाट संचालित शैक्षिक संस्थाहरु भन्दा धेरै विद्यार्थीको चाप भएको यो जनता बहुमुखी क्याम्पस इटहरी र आसपासका पहाडी जिल्लाबाट आएका विद्यार्थीहरुको अध्ययन गर्ने शिक्षण संस्था हो । जनता बहुमुखी क्याम्प । नीजि कलेज भन्दा पब्लिक कलेजमा अध्ययन गर्न चाहने, स्वअध्ययन गर्न चाहने विद्यार्थीहरुको रोजाईको कलेज हो जनता बहुमुखी क्याम्पस । यसको मुख्य पाटो आर्थिक हिसाबले मध्यमस्तर भएका विद्यार्थीहरु यस तर्फ आकर्षीत हुने गरेका छन् ।
तर पछिल्लो समय आर्थिक स्तर राम्रो भएका विद्यार्थीहरु पनि राम्रो मान्यता पाउने भएकाले यस क्याम्पस तर्फ आकर्षित भएका छन् । अझ भर्खरै क्याम्पसले क्युएए मान्यता प्राप्त गरेपछि त यो क्याम्पसमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या तिव्र बढेको छ । विदेश जान चाहने विद्यार्थीहरु यस तर्फ आकर्षित भएको देखिन्छ ।
पूर्वका पब्लिक क्याम्पसहरु मध्येमा यो क्याम्पसको शैक्षिक विकास राम्रो देखिन्छ ।
कुनै समय राजनितिको छायाँले छोपेको यो क्याम्पस अहिले भने उज्यालिएको छ । पढाई राम्रो हुन थालेपछि विद्यार्थी नतिजा पनि राम्रो देखिन थालेको छ । यहाँ पनि प्लस टुमा विज्ञान,व्यवस्थापन, एजुकेशनका कक्षाहरु सञ्चालन हुने गरेको छ ।
विश्व आर्दश कलेज
इटहरीका उत्कृष्ठ कलेजहरु मध्येको एक हो, विश्व आर्दश कलेज । कुनै बेला नीजि स्तरबाट सञ्चालन भएको उत्कृष्ठ कलेजको रुपमा नाम राखेको यो कलेज । अहिले पनि आफ्नो नेम र फेम उस्तै कायम राख्न सफल छ । गुणस्तरीय शिक्षा र राम्रो नतिजाले यो कलेज विद्यार्थीहरुको आकर्षणमा पर्ने गरेको छ । कलेजले स्थापनाकालबाट नै प्लस टुमा विज्ञान, व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ ।
राम्रो नतिजाको कारण विज्ञान विषय पढ्न धेरै विद्यार्थीहरुको चाप हुने गरेको कलेजले जनकारी दिएको छ । विज्ञान विषयमा पढ्नका लागि विद्यार्थीहरु इटहरी बाहिरबाट पनि आउने गरेको कलेजले जनाएको छ । उत्कृष्ठ पटन पाठन, उत्कृष्ठ नतिजा, विश्व आर्दश कलेजको मौलिक विशेषता भन्ने उसले नारा नै बनाएको छ ।
प्लस टुमा विज्ञान तथा व्यवास्थापन विषयमा पढाई हुँदै आएको यो कलेजले व्यवस्थापन विषयमै होटल म्यानेजमेन्ट विषय पनि थप गरेको छ । राम्रो शैक्षिक नतिजा र असल शैक्षिक वातावरणले यो कलेज प्रति विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।
कोशी कलेज
स्थापनाको छोटो समयमा उत्कृष्ठ नतिजा निकाल्दै आफुलाई अब्बल देखाउन सक्ने कलेजमा इटहरीको कोशी कलेज पर्छ । २०६२ सालाबाट प्ल टु अध्यापन सुरु गरेको यो कलेजले छोटो समयमै उत्साहजनक ढंगबाट आफुलाई विकास गर्दै र त्यहि अनुसारको नतिजा निकाल्न कलेज सफल पनि भएको छ ।
यहाँको शैक्षिक वातावरणको चर्चा इटहरी वृत्तमा मात्रै नभएर पूर्वमै हुने गरेको छ । अध्ययनसँगसँगै आफु भित्रको प्रतिभालाई पनि बाहिर उजागर गर्न चाहने विद्यार्थीहरुको लागि पहिलो रोजाईमा पर्ने गरेको छ यो कलेज । दक्ष र अनुभवी शिक्षक शिक्षाकाले अध्यापन गराउने यो कलेज अन्र्तराष्ट्रिय स्तरमा परिचित कवि मनुमञ्जिलले पढाउने कलेज भनेर पनि चर्चामा रहने गरेकोछ ।
प्लस टुमा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको यो कलेजले होटल म्यानेजमेन्टको कक्षा पनि सुरु गरेकोछ । व्यवस्थापन अन्र्तगत होटल म्यानेजमेन्टका कक्षाहरु विद्यार्थीहरुले लिन सक्छन् । व्याचलरमा भने वि वि एस, वि सि ए र वि एड का कक्षाहरु सञ्चालन हुँदै आएको छ ।
कलेजको नतिजा राम्रो रहदै आएको छ । । व्यवस्थापनमा २ पटक, एजुकेशनमा १ पटक पूर्वाञ्चल टप साथै विज्ञान तर्फ पनि १ पटक प्रदेश १ उत्कृष्ठ भएको कलेजका प्रिन्सिपल अनन्त कुमार सुवेदीले जानकारी दिनुभयो । राम्रो नतिजासँगै खुल्ला शैक्षिक वातावरणका कारण विद्यार्थी कलेज तर्फ आकर्षीत भएका छन् ।
सुष्मा इन्जिनियरिङ कलेज
सैद्धान्तिक तथा घोकन्ते शिक्षा मात्रै होईन, प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि शुष्मा इन्जिनियरिङ कलेज रोजाईको कलेज हो । पूर्वमै उत्कृष्ठ इन्जिनियरङ पढाई हुने कलेजको रुपमा यो कलेजले आफ्नो छवि स्थापित गरेको छ । यहाँ सिटिईभिटीबाट मान्यता प्राप्त सिभिल र कम्प्युटर शिक्षामा डिप्लोमा तहको पढाई हुँदै आएको छ ।
यहाँबाट उत्पादन भएका विद्यार्थी नै अहिले पूर्वका विभिन्न शहरका नगरपालिका तथा गाउँपालिकामा कार्यारत रहका छन् । इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका सहित अन्य नगर तथा गाउँपालिकामा यहि कलेजकवाट उत्पादन भएको जनशक्तीले सेवा दिईरहेको छ ।
योसँगै अन्य विषयमा पनि यो कलेज अब्बल रहँदै आएको छ । प्लस टुमा विज्ञान तथा व्यवस्थापनको पढाई हुँदै आएको छ । विद्यार्थीहरुले विज्ञान तर्फ कम्प्युटर र व्यवस्थापनमा होटल म्यानेजमेन्ट विषय राजेर पढ्न सक्छन् । कलेज विद्यार्थीको आकर्षण तथा माग रहेको नयाँ विषय ट्राभल एण्ड टुरिजम पनि थप गरेको । व्यवस्थापन विषय भित्रै यो विषय रोजेर अध्ययन गर्न सकिनेछ ।व्याचलर तर्फ भने वि।वि।एस र वि।एसस्सी। सि।एस। आई। टिको कक्षा पनि सञ्चालन हुँदै आएको छ । प्राविधिक विषय पढ्न चाहने र केही गरौँ भन्न चाहने विद्यार्थीले यो कलेज रोज्न सक्छन् ।
कस्तुरी कलेज
व्यवस्थापनका क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरुको पहिलो रोजाईको कलेज हो कस्तुरी कलेज । यो कलेजमा व्यवस्थापनका कक्षाहरु मात्रै सञ्चालन हुँदै आएका छन् । इटहरीका कलेजहरु मध्ये एउटै विषयलाई प्राथमिकता दिएर अब्बल सावित भएको एक मात्र कलेज हो, कस्तुरी कलेज ।
कस्तुरी कलेजबाट उत्पादन भएका उत्कृष्ठ विद्यार्थीहरु इटहरीकै धेरै बैंक तथा वित्तिय संस्थामा काम गरिरहेका छन् । पढाई सम्पन्न पछि उनीहरु वित्तिय संस्थामा सहज रुपमा स्थापित हुन सफल भएका छन् । व्यवस्थापन क्षेत्रमा ख्याति कमाएका तथा दक्ष शिक्षक, बैंक वित्तिय संस्थामा काम गर्दै आएका अनुभवी शिक्षकहरुले पढाउँदै आएका छन् ।यो कलेजमा व्यवस्थपन विषय पढ्न चाहने विद्यार्थीको ठुलो भिड नै लाग्ने गरेको छ । कलेज व्यवस्थापनमा प्लस टु, विवी ए र एम वि। एस सम्मको पढाई सञ्चालन हुँदै आएको छ । पूर्वमा नै राम्रो छाप छोड्न सफल बनेको छ यो कलेजमा व्याचलरमा वि वि ए कोर्षका लागि धेरै विद्यार्थीहरु यस तर्फ आकर्षीत बन्ने गरेका छन् ।(सन्दर्भ सामाग्री संचार पाटी)