मन्त्रिपरिषदबाट स्वास्थ्य नीति पारित

बुधबार११ असार ,
काठमाडौँ – उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको लामो प्रयासपछि मन्त्रिपरिषदबाट स्वास्थ्य नीति पारित भएको छ। छाता स्वास्थ्य नीतिको रुपमा हेरिएको राष्ट्रिय स्वास्थ्य नीति – २०७६ मन्त्रिपरिषद्बाट पारित भएको हो। गत १० जेठमा बसेको मन्त्रिपरिषदको बैठकले सो नीति पास गरेको थियो तर निर्णय भने ठिक एक महिना पछि सार्वजनिक भएको हो ।


नयाँ स्वास्थ्य नीतिको प्रस्ताव स्वास्थ्य मन्त्रालयले गत चैत १ मा मन्त्रिपरिषदमा पठाएको थियो । ४ चैतका दिन मन्त्रिपरिषदले आफू अन्तरर्गतको सामाजिक समितिमा छलफलका लागि पठाएको थियो ।
‘यो नीति संघीय संरचना अनुसार बनाइएको छ । यसमा २५ वटा स्वास्थ्यका नीतिहरु समेटिएका छन्’ स्वास्थ्य सचिव डा पुष्पा चौधरीले भनिन्, ‘अव संघीय सरकारले यहि नीति टेकेर आफ्नो नीति बनाउन पनि सक्छन् ।’
१७ चैतमा सो नीतिको मस्यौदामा व्यापक छलफल भएपछि निर्णयका लागि पुन मन्त्रिपरिषदमा पठाएको थियो । सचिव डा चौधरीले भनिन् ‘धेरै लामो प्रयास पछि यो नीति आएको छ । अब स्वास्थ्यमा नीतिगत रुपमा कुनै अलमल हुने छैन भन्ने विश्वास छ ।