विराटनगर / जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ परेका छन्। इटहरीकी १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा विनोद राउत र सुरज सुवेदी रहेको प्रहरीले जनाएको छ। राउत एमाले निकट नेपाल खेलकुद महासंघका सचिव, कराते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागका उपनिर्देशक हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन्।

युवतीले जबरजस्ती करणीको आरोपमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत शनिबार पक्राउ परेका राउत र सुवेदीलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

Facebook Comments Box