एकै परिवारका ४ जनाको जलेर मृत्यु

दमक१० मंसिर / झापाको शिवसतासी नगरपालिका–७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । सोमबार बिहान प्राप्त जानकारी अनुसार आइतवार राति ९ बजेको समयमा उक्त आगलागी भएको हो । स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सोमबार, १० मंसिर, २०७५, दिउँसोको ०१:४२ बजे

सम्बन्धित खवर