आठमौजा वचत तथा ऋण सहकारीको वार्षिक उत्सव

गौरीगंज १०, मंसिर / आठमौजा वचत तथा ऋण सहकारी संस्था लि खजुरगाछीले आफ्नो १० औं वार्षिकोत्सब मनाएको छ ।
संस्थाले विभिन्न विधामा उत्कृष्ट शेरधनिहरूलाई सम्मान तथा ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित बार्षिकोत्सव मनाएको हो । संस्थाका अध्यक्ष अर्जुन दंगालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले १० वटा मैनवत्ती बालेर उद्घाटन गरेका थिए ।
संस्थाले नियमित सम्मान अरूण कुमार यादव स्मृति सहकारी सम्मान स्थापना गरि विगत २ वर्ष देखि नगदसहित सम्मान पत्र प्रदान गर्दै आएको छ । संस्थाले यस वर्ष लाइफ लाईन अस्पताल दमकलाई नगद रू १० हजार रूपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको छ । पहिलो वर्षमा वर्तमान गौरीगंज गाउँपालिकालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई नगद रू १० हजारले सम्मान गरेको थियो भने दोस्रो वर्षमा डा प्रेमल कुमार जोशीलाई नगदसहित सम्मान गरेको थियो ।
संस्थाले वार्षिकोत्सबको अवसरमा आठमौजा सहकारी सम्मानले शेयरधनी उदयलाल यादव, गंगाराम ताजपुरिया, सतानु गन्गाई लाई सम्मानित गरिएको थियो। त्यसैगरी आठमौजा जेष्ठ नागरिक सम्मान २० जनालाई, ४ जना विधार्थीलाई ५ हजारका दरले छात्रवृत्ति, ६० जना विधार्थीलाई व्याग वितरण गरिएको थियो ।
त्यसैगरी संस्थाले ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित प्रतिस्पर्धात्मक तथा सहभागितामुलक दौडमा प्रथम हुने दमक नगरपालिका वार्ड नं ८ का मेघराज राईलाई रू ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकने थियो भने दोस्रो हुने
गौरादह नगरपालिका वार्ड नं ७ का महेश कार्कीलाई ३ हजार रूपैयाँ र तेस्रो हुने गौरीगंज गाउँपालिका वार्ड नं ६ का संजय मर्डीलाई २ हजार रूपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो । सहकारीको आफ्नै भवनबाट शुरू गरिएको दौड ४ किलोमिटर दुरीमा प्रथम विजेता राईले १५ मिनेटमा पूरा गरेका थिए । प्रतियोगितामा १ सय ५० जनाले नाम दर्ता गराएका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि भट्टराई, अतिथि नेपाल बैंक लि गौरीगंजका प्रमुख कमला चापागाई, प्राईम बैंक गौरीगंजका प्रमुख शरद काफ्लेलगायतको उपस्थित थिए । संस्थाका उपाध्यक्ष कुमार भण्डारीको स्वागत गरेको कार्यक्रममा शेयरधनी उदयलाल यादव, प्राइम बैंकका प्रमुख शरद काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरि लौडारीले गरेका थिए ।
आठमौजा बचत तथा ऋण सहकारी संस्था २०६५ सालमा स्थापना भई संस्थाको सातौं सिद्वान्त समुदाय र वातावरणप्रति चासो अनुसार संस्थाले विविध सामाजिक गतिविधि संचालन गर्दै आएको छ ।

