काठमाडौं, पुस ११ / आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको जन्म दिन । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।
नेपालमा भने माओ जयन्तीकै दिन कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दै शपथ लिने संयोग जुरेको छ । अर्थात् आज माओ जयन्तीकै दिने नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतलनिवासको तयारी छ । हिजो मात्र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Facebook Comments Box