
इनरुवामा दुर्घटना, एकजनाको मृत्यु
इटहरी, ११ पौष / सुनसरी सदरमुकाम इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ पिपलचोकका सञ्जय पण्डित रहेको प्रहरीले जनाएको छ। बुधबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ७८१६ नम्बरको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को १२ प ९५०८ नम्बरको मोटरसाइकल इनरुवा नगरपालिका–३ पिपल चोकमा ठोक्किँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। दुर्घटना गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्रयाक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Facebook Comments Box