८ लाख डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

काठमाडौं \चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा आइपुगेको छ। चिनियाँ दूतावासको अनुसार चाँडै खोप नेपाल पुग्नेछ।

खोप सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ। नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ प्रस्थान गर्ने भएको छ। यसअघि भारत सरकारले पनि नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो।

शनिबार, १४ चैत, २०७७, साँझको ०६:३४ बजे

सम्बन्धित खवर