प्रतिगमनकारीसँग लेनदेन होइन, बिदा गर्नुपर्छ : बाबुराम

 

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्।
उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनेभन्दा पनि बिदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलसी गिरी÷केशरजंग रायमाझीको र दोस्रो बाटो बिपी-पुष्पलालको हो! वुद्धि÷विवेकको प्रयोग गरेर आफै रोजौँ!’

उनले दुई विकल्प देखाउँदै सबैलाई आफ्नो विवेकको प्रयोग गर्न सुझाएका छन्।

शनिबार, १४ चैत, २०७७, साँझको ०६:४७ बजे

सम्बन्धित खवर