देशभरका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय, हवाई उडान यथावत

काठमाडौँ / सरकारले देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस संक्रमण रोकथामका लागि देशभरका शैक्षिक संस्थाहरु मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।

विद्यालयहरुमा अनलाइनका माध्यमबाट पठन पाठन गर्नुपर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

जारी परीक्षाहरु पनि स्थगित गर्ने निर्णय सरकारले गरेको छ। यस्तै सरकारले शहरी क्षेत्रमा पाँच सय भन्दा धेरै र ग्रामिण क्षेत्रमा दुई सय भन्दा धेरै संक्रमित भेटिए आगामी बिहीबारदेखि निषेधाज्ञा गर्न सकिने अधिकार स्थानीय प्रशासनलाई दिएको छ।

यस्तै काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि लागू हुने भनिएको निषेधाज्ञालाई दुई हप्तासम्म लम्ब्याउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। यस्तै हवाई उडान भने तत्काल नरोक्ने निर्णय सरकारले गरेको छ।

मङ्गलबार, १४ बैशाख, २०७८, बिहानको ०७:३० बजे

सम्बन्धित खवर