मोरङ र सुनसरीमा दुर्घटना – दुई जनाको मृत्यु

मोरङ, बैशाख १४, /मोरङ पथरी शनिश्चरे वडा नं ४ र ७ को सीमामा आफैंले चलाएको ट्रयाक्टर अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भित्री सडकको दक्षिण बाट उत्तर तर्फ आउदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटनाहुँदा ट्याक्टर चालक मोरङ कानेपोखरी ५ का २१ बर्षिय टेक बहादुर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते अधिकारीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार राती ८ बजे मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी ईटहरी–२० स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्र १–०२–०४०प ५८२७ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ जाँदै गरेको ना५ख ५८२३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक धनकुटा आहाले ४ का २० बर्षिय राकेश राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते उनको उपचारार्थ धरान घोपा पठाइएकोमा उपचारका क्रममा सोमबार बेलुकी उनको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मङ्गलबार, १४ बैशाख, २०७८, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर