अस्पतालमा अक्सिजन, बेड अभाव हुन नदिन सुझाव

बैशाख १३, काठमाण्डाै / नेपाल चिकित्सक सङ्घले अस्पतालहरूमा अक्सिजन, हाई डिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाइ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

सङ्घको सोमवार बसेको बैठकले अस्पतालहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दी न्यून भइरहेकाले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाई डिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाइ कार्यान्वयन गर्न सुझाव दिएको हो ।

यस्तै कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टा छुट्टै अस्पताल तोक्न पनि माग गरेको छ । अहिले भइरहेका अस्पतालहरूमा बिरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य बिरामीलाई अत्यावश्यक भएको बेलामा मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि सङ्घले सुझाव दिएको छ । सङ्क्रमितको सङ्ख्या धेरै भएका ठाउँमा मेडिकल इमर्जेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिइएको छ ।

सङ्घले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि बीमाको व्यवस्थासहित उपचारको ग्यारेन्टी लिन पनि माग गरेको छ ।

यस्तै नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ । भिडभाडमा नजान र घर बाहिर ननिस्कन पनि सङ्घले अपिल गरेको छ ।

मङ्गलबार, १४ बैशाख, २०७८, बिहानको ११:२९ बजे

सम्बन्धित खवर