सत्ता मोहः प्रधानमन्त्रीले कान फुकेपछि जसपा बैठक बस्नै विवाद

काठमाडौँ / सत्ता मोहमा फसेका महन्थ ठाकुर पक्षलाई प्रधानमन्त्री ओलीले कान फुकेपछि जसपा बैठक बस्नै विवाद भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा मतान्तर देखिँदै आएको जसपामा औपचारिक बैठक बस्ने विषयमै विवाद भएको छ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा पार्टीका शीर्ष नेताहरु भेला भएर बैठक बोलाउने विषयमा कुराकानी गरेपनि कार्यकारिणी परिषद्को बैठक बोलाउने विषयमा विवाद भएको हो।

नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादवले कार्यकारिणी परिषद्को बैठक बोलाउनु पर्ने पक्षमा उभिए पनि महन्थ ठाकुर, राजेन्द्र महतोले कोरोना महामारीमा बैठक राख्न नहुने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

ठाकुर पक्षीय नेताहरुले ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने अडान राख्दै आएका छन् भने भट्टराई र यादव पक्षधर ओलीलाई कुनै हालतमा समर्थन गर्न नहुने बरु सत्ताबाटै निकाल्नु पर्ने पक्षमा छन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद्‌मा यादव–भट्टराई पक्षको बहुमत भएकाले त्यहाँबाट ओलीलाई समर्थन नगर्ने निर्णय गराउने उनीहरुको रणनीति छ।

तर यादव र महतो पक्षले आफू बहुमत भएको संसदीय दलबाटै निर्णय गराउन चाहेकाले कारोनाको कारण देखाउँदै कार्यकारिणी परिषद्को बैठक राख्न अस्वीकार गरेका हुन्।

नेताहरुबीच सौहार्दपूर्ण रुपमा छलफल हुन नसकेपछि बैठक केहीबेर मात्रै बसेको उठेको थियो। नेताहरुबीच कुरा मिल्न नसकेपछि कार्यकारिणी परिषद्को बैठक अनिश्चित बनेको छ।

मङ्गलबार, १४ बैशाख, २०७८, दिउँसोको ०४:३५ बजे

सम्बन्धित खवर