झापामा २६ जनामा कोरोना संक्रमण : गौरादहका तिनजना संक्रमित

बैकल्पिक खवर

गौरादह / झापामा आज थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । १० महिला र १६ पुरुष गरि २६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

संक्रमितहरु गौरादहका २ महिला र १ पुरुष, दमकका ४ महिला र ४ पुरुष, बिर्तामोडका ५ पुरुषमा, मेचिनगरका २ महिला र २ पुरुष, कन्काईका १ महिला २ पुरुषमा, अर्जुनधाराका १ पुरुषमा, गौरिगन्जमा १ महिलामा र झापाका १ पुरुषमा संक्रमण देखिएको छ ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय १९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ सय ९५ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २९ रहेको छ ।यस्तै, कोरोनाका कारण आज कसैको मृत्यु नभएपनि झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

मङ्गलबार, १४ बैशाख, २०७८, साँझको ०६:०६ बजे

सम्बन्धित खवर