झापामा २६ जनालाई कोरोना संक्रमण

दमक,१४ बैशाख । दमकमा आज पनि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित मंगलबार झापामा २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि हिजो पनि दमकमा १५ जनामा संक्रमण भेटिएको थियो ।
संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष ,बिर्तामोडका ५ पुरुष , गौरादहका २ महिला , एक पुरुष , कनकाईका १ महिला , २ पुरुष , गौरीगञ्जका १ महिला र झापा गाउँपालिकाका १ पुरुष रहेका छन् ।

जिल्लामा हालसम्म संक्रमितको सँख्या ४८४५, डिस्चार्ज ४५१९, आइसोलेसनमा १९५ जना, कूल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सख्या १३१ पुगेको छ ।

मङ्गलबार, १४ बैशाख, २०७८, रातीको ०८:५५ बजे

सम्बन्धित खवर