काठमाण्डौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । आज दिउसो बस्ने बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने परिक्षा बोर्डले जनाएको छ ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

Facebook Comments Box