असार १२ विहीबार

गौरादह /बैगुन्धुरा स्थित वैगुन्धुरा अंग्रेजी माध्यमीक बिद्यालय बाट २०७५को एसइइ परिक्षामा सहभागी सतप्रतिसत विद्यार्थी पास भएका छन । आज प्रकाशित नतिजा अनुसार सम्र्पुण विद्यार्थी उत्रिण भएको विद्यालयले जनाएको छ ।
प्रकाशित नतिजा अनुसार १८ जना बिद्यार्थी मध्येबाट १३ जनाको जिपिए ३.२ भन्दा माथि अथवा ग्रेड ए आएको छ भने बाँकी ५ जनाले वि ल्याएको विद्यालयका प्रिन्सिपल उपेन्द्र निरौलाले जानकारी दिएका छन ।
यसरी उत्कृष्ट नतिजा ल्याउन सफल संम्पुर्ण बिद्यार्थीहरुलाइ आगामी दिनहरुमा पनि उज्वल भाग्य र भविष्यको कामना गर्दै निरौलाले सबैलाइ हार्दिक शुभकामना दिएका छन साथै सम्पुर्ण विद्यालय परिवारलाइ धन्यवाद दिंदै सम्पुर्ण अभिभाबक प्रति हार्दिक आभार व्यक्त गरेका छन ।

Facebook Comments Box