विर्तामाड –५ स्थित न्युटन्स् एजुकेशनल एकेडेमीकी छात्राले एसइइ ग्रेडीगँ सर्वोत्कृष्ट जिपिएच ४ दशमल 0 ल्याएर देशकै उत्कृष्ट विद्याथी हुन सफल भएकी छन । परिक्षा बोर्डले आज दिउसो सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयकी छात्रा हर्षिता जाजोडीयाले परिक्षा बोर्डले सर्वोत्कृष्ट विद्यार्थी हुनका लागी तोकेको अंकभारलाइ नै धक्का दिएकी हुन । हालसम्म अन्त कतै यो बराबरको नतिजा नआएकोले हर्षिता नै छात्रातर्फ अहिलेसम्म सर्बोत्कृष्ट रहेको बिद्यालयले जनाएको छ । पुर्वकै उत्कृष्ट शैक्षीक संस्थाहरु मध्येको एक , न्युटन्स् एजुकेशन एकेडेमीले विगतका बर्षहरुमा पनि अन्य विद्यालयहरुको तुलनामा उत्कृष्ट नतिजा निकालिरहेको छ । यसपटकको एसइइ परिक्षामा ११९ जना विद्यार्थीहरुले भागलिएका थीए । ति मध्ये ए प्लस २घ जना , ए ४० जना , वि प्लस ३८ जना , वि १७ जना र सी प्लस १ जना सहित सबै विद्यार्थी उत्रिण भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हूमागांइले जनाएका छन । सर्वोत्कृष्ट जिपिए सहित सबै विद्यार्थी सफल भएकोमा खुशी ब्यक्तगर्दैै विद्यालयले प्रेस विग्ज्ञप्ति मार्फत विद्यार्थी ,विद्यालय परिवार , सम्पुर्ण अभिभावक र सरोकारवाला सबैमा धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको छ ।

Facebook Comments Box