साउन १०, २०७६ संखुवासभा : बर्षासँगै आएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकाका १० घर विस्थापित भएका छन्। पहिरोले घर भत्किन थालेपछि खाँदबारी ३ मानेभञ्याङ बजारका आठ, ४ वडा र ८ वडामा एक एक घर विस्थापित भएका छन्। विस्थापितहरू विद्यालय र आफन्तको आश्रय लिएर बसिरहेका छन्। बर्षासँग आएको पहिरोले नगरपालिका ३ मानेभञ्याङका ८ घर विस्थापित भएको खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडाले जानकारी दिए। सगुनमाया तामाङ, चन्द्रमाया तामाङ, कमला तामाङ, डम्बरबहादुर दाहाल, टेक बहादुर विक, तिलबहादुर विक, अडिमहर्जन श्रेष्ठ विस्थापित भएका छन्। गंगा शाक्यको घरमा डेरा गरेर बस्ने असलीमाया रम्तेल भने महेन्द्र माध्यमिक विद्यायमा गएर बसेका छन्। वडा ३ को वडा कार्यालयामा पहिरोले जोखिममा परेको भन्दै ५२ जनाले त्रिपाल माग गरेको कार्यवहाक वडा अध्यक्ष नगरेन्द्र गरुङले जानकरी दिए। खाँदबारी ३ मा रहेका मानेभञ्याङ बजार उच्च जोखिममा परेको छ। पहिरोले एक प्रहरी चौकी र विद्यालय भवन समेत उच्च जोखिममा परेको छन्। पहिरोले खाँदबारी ३ नयाँ बजारमा रहेका अस्थायी प्रहरीचौकी र महेन्द्र माध्यमिक विद्यालयको भवन समेत चर्किएको छ। त्यसैगरी पहिरोले खाँदबारी १ मा डम्बर विक, राम विक, निमछिरिङ शेर्पा, गणेश राई, पुन्य प्रसाद पोख्रल, रिदा भोटे लगायतको घर पहिरोको उच्च जोखिममा परेका छन्। त्यस्तै खाँदबारी नगरपालिका ४ सेकाहामा एक घर विस्थापित भएका छन्। पहिरोले खाँदबारी ४ का भिम बहादुर गुरुङको घर बस्ननहुने अवस्थामा रहेको छ। पहिरोले भुवन गुरुङ, तेज बहादुर गुरुङ, गौरीमान गुरुङको घर उच्च जोखिममा परेका छन्। पहिरोले खाँदबारी ८ एक घर जोखिममा परेको छ। नेपाल रेडक्रस सोसाइटीले ४५ वटा त्रिपाल वितरण गरेको छ। अविरल वर्षाका कारण ग्रामीण क्षेत्र जाने विभिन्न सडकहरू समेत अवरुद्ध भएका छन्। पहिरोका कारण सदरमुकामबाट सिलिचुङ, सभापोरी, मकालु र भोटखोला गाउँपालिका जाने सडकहरू अवरुद्ध भएका छन्।

Facebook Comments Box