बलात्कारी पक्राउ

संखुवासभा / चार वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका १ का २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । आफ्नै भतिजी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा फरार रहेका युवक आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिएका छन् । पीडकले दाजुको घरमा गएर भाउजुलाई दाजु कता जानु भयो भनेर सोधको र दाजु घरमा नभएको कुरा बताएपछि उनले नाबालिकालाई आफ्नै घरमा लगेर करणी गरेको परिवारको भनाइ छ । करणी गर्दा नाबालिकाको यौनीबाट रगत आउन थालेपछि पीडकले बालिकालाई घरैमा छाडेर भागेका थिए। पीडित बालिका रुँदै आमासँग आएको र आमाले के भयो भनेर सोधेपछि बालिकाले योनीबाट रगत आएको देखाएपछि आफ्नै काकाबाट करणी भएको खुलेको हो । पीडित बालिकाको उपचार वाना स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।

