मंसिर १०, २०७५ काठमाडौं / भोलादीप तिमल्सिना र एन्जिला मगर अभिनित छाडी नजाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सम कामोदको स्वर रहेको उक्त गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ। गीतमा गायक कमोदकै शब्द सुन्न सकिन्छ। हिमालयन पिक्चर्स प्रालिुले निर्माण गरेको भिडियोमा प्रिन्सेस एन्जलको निर्देशन रहेको छ । कुलतमा फसेको केटाको प्रेम चाह र प्रेम पश्चातको उसमा आएका परिवर्तनलाई भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोमा सन्तोष लिम्बूको छायांकन तथा सम्पादन रहेको छ ।

Facebook Comments Box