समाजवादी युवा संघको प्रदेश समायोजन सम्पन्न

समाजवादी पार्टी निकट युवा संगठनको १ नम्बर प्रदेश समिति समायोजन सम्पन्न भएको छ । गत मंसिर ७ गते सनिबार धरानमा सम्पन्न समायोजन कार्यक्रममा धराने युवा श्री सब्बा अध्यक्ष र दमकका युवा पवन बीस्ट मुख्य सचिव सहित १५ पदाधीकारी र ५१ जना प्रदेश सदस्य सहित ६६ जनाको समाजवादी युवा संघ १ नम्बर प्रदेश समिति घोषण गरिएको नव गठित समितिका मुख्यसचिव पवन बीष्टले जानकारी दिएका छन ।


नवगठित समितिका अध्यक्ष सुब्बा साबिक संघिय समाजबादी पार्टीबाट र मुख्यसचिव बीष्ट साबिक नया शक्तिबाट रहेका छन । समाजवादी पार्टीका केन्द्रिय उपाद्यक्ष रकम चेम्जोगँको प्रमुख आतिथ्यता र समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र यनदवको बिशेश आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संचालन समायोजनका लागी गठित कार्यदलका सदस्य मनोज पौडेलले गरेका थिए ।
Facebook Comments Box