सुनसरीको बर्जु ताल पर्यटकीय गन्तव्य बन्दै

सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।


धार्मिक पौराणिक महत्व बोकेको बर्जुताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि भ्रमण गर्न साथै वनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो। प्रदेश नं. १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्ने बर्जु तालमा भ्रमण मनोरञ्जनका लागि मात्रै सिमित नभएर अध्ययन अनुसन्धानका लागि पनि आन्तरिक तथा बाह्यका मानिसहरु आउने गर्दछन् । एक सय ५१ विगाहा बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताल १ सय विघा क्षेत्रमा जलाशय रहेको छ । हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको मिथक कथनसँग जोडिएको सो तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेको छ । बर्जु भ्रमण गर्न आउनेहरुका लागि अर्को आकर्षण बोट चढेर ताल भ्रमण गर्ने पनि हो। बर्जुतालमा विभिन्न थरीका जलचर, थरचर प्राणीको वासस्थान समेत रहेको छ ।