प्रदेश नं. १ का प्रदेश प्रदेश प्रमुख माननीय परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन ।                                                                           

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा  प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन ।                                                     

प्रदेश प्रमुख खापुङले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको प्रदेश प्रमुखको कार्यलयका प्रबक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी बिग्यप्तिमा उल्लेख छ ।

Facebook Comments Box