पुस २५ गते दिउँसो १ बजेका लागि संसद् बैठक आह्वान

काठमाडौं, पुस १२ / राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि सङ्घीय संसद्को बैठक आह्वान गर्नुभएको छ।
सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सो दिन संसद् बैठक आह्वान भएको हो। मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि पहिलो पटक संसद् बैठक आह्वान गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीबाट संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् बैठक आह्वान भएको हो ।


Facebook Comments Box