दमक,१४ माघ /  झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार अपरान्ह आगोलागी हुदाँ एक दर्जन छाप्रा जलेको छ । आगोलागीबाट छाप्रा जल्दा करिव रु ३० लाख बढीको सरसमानहरु पूर्ण रुपमा क्षति भएको छ ।
अपरान्ह ५ वजेतिर आगोलागी हुदाँ शिविरका ७ वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य ५ वटा घर आगो निभाउने क्रममा भत्काईएको थियो । आगो वेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नम्बर १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन् ।
आगोलागीबाट सोहि शिविर छाप्रा नम्बर १३० का सुकमती सुब्बा,छाप्रा नम्बर ९५ का अजिवमान सुब्बा,६९ छाप्राका पार्वतीमाया सुब्बा,१०३ छाप्राका चन्द्रलाल सुब्बा, १११ छाप्राका पर्शुराम राई,छाप्र्रा नम्बर ९१ का पदम बहादुर पोख्रेल र को छाप्रा पूर्ण रुपमा जलेको थियो । आगोले छिमेकी आगोले शरणार्थीहरुको लत्ताकपडा, खाद्य सामाग्री सम्पूर्ण नष्ट भएकोछ ।
आगोलागीबाट छाप्रासहित अन्य सरसमानहरु जलेर रु ३० लाख बढीको क्षति भएको प्रांरिम्भक अनुमान आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए ।
आगो दमकको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाले झण्डै २ घन्टा पछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट १ घर अशक्त भुटानीका ५ परिवार सहित ३० जना विचल्लीमा परेका छन् । आगोलागीबाट विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ ।

Facebook Comments Box